१,००० सच्चा प्रशंसकहरू


१,००० सच्चा प्रशंसकहरू (Nepali translation of Kevin Kelly's article "1,000 True Fans" ) लङ् टेल दुईवटा समूहका लागि अन्त्यन्त शुभ समाचार हो – अमेजन र नेटफ्लिक्सजस्ता थोरै भाग्यमानी समूहहकरू र ६ अर्ब उपभोक्ताहरू । मेरो विचारमा यी दुईमध्ये उपभोक्ताहरूको वर्गले ती असीमित मौकाहरूमा लुकेको धनबाट बढी प्रतिफल पाउँछ । तर सर्जकहरूका हकमा भने लङ् टेल निश्चितै रूपमा मिश्रित आशिष् हो । यस समीकरणमा व्यक्तिगत तहमा कलाकार, उत्पादक, आविष्कारक तथा निर्माताहरूलाई नजरअन्दाज गरिएको छ । लङ् टेलले सर्जकहरूको बिक्रीको मात्रा त अभिवृद्धि गर्दैन, तर अत्यन्त धेरै प्रतिस्पर्धा थप्ने र मूल्यमा ह्रास ल्याउन दबाब सिर्जना गर्ने काम गर्दछ । अन्य कलाकारहरूको कामको ठूलो समूह नबन्दासम्म लङ् टेलले न्यूनतम मात्राको बिक्रीबाट उनीहरूलाई छुटकारा प्रदान गर्दैन । यस्तो अवस्थामा लङ् टेलबाट उम्कनका लागि कुनै कलाकारले अत्यन्त लोकप्रिय हुने किसिमको सिर्जना गर्ने बाहेक अरू के गर्न सक्छ त? यसको एउटा समाधान भनेको “हजार सच्चा प्रशंसकहरू” पत्ता लगाउनु हो । हुन त केही कलाकारहरूले यो बाटोलाई यसै नाम नदिईकनै पहिल्याइसकेका छन् । यसलाई औपचारिक बनाउनु पर्छ जस्तो लाग्छ मलाई । हजार सच्चा प्रशंसकको सार भनेको, कलाकार, सङ्गीतकार, फोटोग्राफर, कालिगढ, एनिमेटर, डिजाइनर, चलदृश्य निर्माता वा लेखकजस्ता कुनै पनि सर्जकले अथवा कलात्मक कुरा सिर्जना गरिरहेको जो कोही व्यक्तिले पनि आफ्नो जीविकोपार्जनका लागि केवल हजार सच्चा प्रशंसक बटुले पुग्छ भन्ने हो । सच्चा प्रशंसक भन्नाले त्यस्तो व्यक्ति बुझिन्छ जसले तपाईँले सिर्जना गरेको जुनसुकै वस्तु वा सेवा खरिद गर्दछन् । उक्त व्यक्ति हजारौँ माइलको यात्रा तय गरेर पनि तपाईँको गाएको सुन्न उपस्थित हुन्छन् । तपाईँको सिर्जनाको सस्तो र कम गुणस्तरको प्रति उपलब्ध हुँदाहुँदै पनि महँगो र उच्च गुणस्तरीय प्रति पनि खरिद गर्न चाहन्छन् । उनले तपाईँको नाममा गुगल अलर्ट राखेका हुन्छन् ता कि तपाईँका बारेमा केही नयाँ कुरा इन्टरनेटमा आउनासाथ थाहा पाउन सकियोस् । उनीहरू तपाईँको सिर्जनाको दुर्लभ संस्करण पाउन सकिने इबे जस्ता वेब्साइटमा निगरानी राख्छन् । तपाईँको कुनै कार्यको शुभारम्भमा उनीहरू अवश्यै उपस्थित हुन्छन् । उनीहरू आफूले खरिद गर्ने तपाईँको सिर्जनाको प्रतिमा तपाईँको हस्ताक्षर गराउँछन् । टिसर्ट, मग, ह्याट उनीहरूले सबै खरिद गर्दछन् । उनीहरू तपाईँको अर्को सिर्जना कहिले बाहिर आउँछ भनेर व्यग्रताका साथ पर्खिरहेका हुन्छन् । उनीहरू सच्चा प्रशंसक हुन् । लङ् टेलको तेर्सो धर्कोभन्दा माथि आफ्नो बिक्री बढाउनका लागि तपाईँले आफ्ना सच्चा प्रशंसकहरूसँग सिधा सम्पर्क गर्न जरुरी हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, तपाईँले एक हजार साधारण प्रशंसकहरूलाई सच्चा प्रशंसकमा बदल्न जरुरी छ । मानौँ तपाईँका सच्चा प्रशंसकहरूले तपाईँले गरेको कामको समर्थनमा कम्तीमा आफ्नो एक दिनको कमाइ खर्च गर्नेछन् । त्यो “एक दिनको कमाइ” औसत हो, किनभने तपाईँका सबैभन्दा घोर प्रशंसकहरूले अवश्य नै त्योभन्दा धेरै खर्च गर्नेछन् । मानौँ तपाईँका प्रत्येक सच्चा प्रशंसकले वर्षमा १०० डलर तपाईँका लागि खर्च गर्दछन् । यदि तपाईँका प्रशंसक हजार छन् भने कुल रकम वार्षिक लाख डलर हुन आउँछ, जुन केही सामान्य खर्च कटाएर हेर्दा, प्रायजसो व्यक्तिहरूका लागि जीवनयापनका लागि पर्याप्त हुन्छ । एक हजार पु¥याउन सकिने सङ्ख्या हो । यदि तपाईँले दिनको एक जना प्रशंसक थप्नुभयो भने तपाईँलाई एक हजार पु¥याउन तीन वर्ष मात्र लाग्छ । यो सम्भव छ । सच्चा प्रशंसकलाई खुसी पार्नु आफैँमा रमाइलो र उत्साहपूर्ण हुन्छ । यसले सर्जकलाई आफ्नो कलाप्रति इमान्दार रहिरहन, आफ्नो कामका अद्वितीय पक्षहरूमा ध्यान दिइराख्न मद्दत गर्दछ, जुन कुरा सच्चा प्रशंसकले सदैव सराहना गर्दछन् । यहाँ मुख्य चुनौती भनेको तपाईँले आफ्ना हजार सच्चा प्रशंसकहरूसँग प्रत्यक्ष सम्पर्क, संवाद कायम राख्नु हो । उनीहरूले तपाईँलाई प्रत्यक्ष रूपमा सहयोग गरिरहेका हुन्छन्, कहिले तपाईँको कार्यक्रममा सहभागी भएर वा वेब्साइटबाट डिभिडी किनेर वा तपाईँको पुस्तक किनेर । तपाईँले सम्भव भएसम्म उनीहरूको समर्थन र मायालाई जोगाइराख्नुपर्छ । उनीहरूले प्रदान गर्ने प्रत्यक्ष पृष्ठपोषण र मायाबाट सदैब फाइदा पाउन सक्नुहुन्छ । सञ्चार प्रविधि र सानो खर्चमा उत्पादित सेवा सुविधाले यस वृत्तलाई सम्भव बनाएको छ । ब्लग र आरएसएस फिडको माध्यमबाट समाचार वा आगामी कार्यक्रम वा नयाँ सिर्जनाका बारेमा खबर सम्प्रेषण गर्न सकिन्छ । वेब्साइटमा तपाईँको विगतको काम, जीवनसम्बन्धी जानकारीको अभिलेख र साधनहरूको सूची–पुस्तक राख्न सक्नुहुन्छ । डिस्क्मेकर्स, ब्लर्ब, तीव्र रूपमा प्रतिकृति बनाउने पसलहरू, माइस्पेस, फेसबुक र सम्पूर्ण डिजिटल क्षेत्रले नै सानो खर्चमा प्रति बनाउने र वितरण गर्ने कार्यलाई तीव्र, सस्तो र सहज बनाएका छन् । कुनै नयाँ वस्तु तथा सेवाको उत्पादन प्रारम्भ गर्नका लागि तपाईँसँग लाखौँ प्रशंसक हुनुपर्छ भन्ने छैन । केवल एक हजार जना भए पुग्छ । तपाईँलाई जीविकोपार्जन प्रदान गर्न सक्ने घोर प्रशंसकहरूको सानो वृत्त अन्य थुप्रै मध्यम प्रशंसकहरूका वृत्तहरूले घेरिएको हुन्छ । ती मध्यम प्रशंसकहरूले तपाईँले उत्पादन गरेका सबै वस्तु तथा सेवा खरिद नगरे पनि तपाईँले सिर्जना गरेका अधिकांश चाहिँ किन्नेछन् । यसले गर्दा तपाईँले आफ्ना सच्चा प्रशंसकलाई खुसी पार्नका लागि उत्पादन गर्ने रचनाहरूले तपाईँका मध्यम प्रशंसकहरू पनि बढ्दै गइरहेका हुन्छन् । अर्थात्, जब तपाईँ नयाँ सच्चा प्रशसंक थप्दै जानुहुन्छ, तपाईँका मध्यम प्रशसंकहरूको पनि सङ्ख्या वृद्धि हुँदै जान्छ । अनि, यदि तपाईँले यसलाई निरन्तरता दिइराख्नु भयो भने तपाईँका लाखौँ प्रशंसकहरू पुग्न सक्छन् । र लाखौँ प्रशंसक बटुल्न नचाहने सर्जक त मैले आजसम्म भेटेकै छैन । तर यस रणनीतिले भन्न खोजेको नै के हो भने जीवन चलाउनका लागि तपाईँले अत्यन्त लोकप्रिय कुरा नै सिर्जना गर्नुपर्छ भन्ने छैन । लङ् टेलबाट उम्कनका लागि तपाईँले चरम लोकप्रियता (बेस्टसेलरडम) नै ताक्नुपर्छ भन्ने छैन । बीचमा एउटा स्थान छ, जुन पुच्छरबाट त्यति टाढा छैन, जहाँ तपाईँले कम्तीमा जीविकोपार्जन चाहिँ गर्न पाउनुहुन्छ । त्यस मध्य भागको आश्रयस्थललाई “हजार सच्चा प्रशंसक” भनिन्छ । कुनै पनि सर्जकका लागि लक्ष्य लिने यो वैकल्पिक गन्तव्य हुनसक्छ । भर्खरै यात्रा सुरु गरेका युवा सर्जकहरूका लागि डिजिटल रूपमा मध्यस्तता हुने यस संसारमा लोकप्रियताको उचाइबाहेक अन्य विकल्पहरू पनि छन्, जुन लङ् टेल सिर्जना गर्ने प्रविधिले नै सिर्जना गरेका हुन् । प्ल्याटिनम हिट, बेस्टसेलर ब्लकबस्टरर्स र सेलिब्रिटीको स्थानजस्ता साघुँरो र असम्भावित शिखर ताक्नुको साटो उनीहरू हजार सच्चा प्रशंसकसँग प्रत्यक्ष सम्पर्क राख्ने लक्ष्य लिन सक्छन् । यो अन्यभन्दा सम्भव र समझदारीपूर्ण गन्तव्य हुन सक्दछ । यसमा तपाईँले अकुत सम्पत्ति नकमाए पनि सहजै जीविकोपार्जन भने गर्न सक्नुहुन्छ । यसमा तपाईँ सच्चा प्रशंसकद्वारा घेरिँदै गर्दा कृतज्ञ बन्दै गन्तव्यमा पुग्ने सम्भावना पनि धेरै हुन्छ । यसै सिलसिलामा ध्यान दिनुपर्ने केही कुराहरू पनि छन् । एक जना व्यक्ति, एकल सर्जकका लागि यो एक हजार प्रत्यक्ष सच्चा प्रशंसकको सूत्र निर्माण गरिएको हो । दुई जनाको वा चार जनाको टोली, वा चलचित्र निर्माण टोलीको हकमा के हुन्छ त ? स्वाभाविक रूपमा, थप प्रशंसकहरू चाहिन्छन् । तर तपाईँलाई आवश्यक पर्ने थप प्रशंसकको सङ्ख्या तपाईँको सिर्जनात्मक समूहको वृद्धिसँग ज्यामितीय अनुपातमा हरहिसाब हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, यदि तपाईँले आफ्नो समूहको आकार ३३% ले वृद्धि गर्नुभयो भने तपाईँलाई केवल ३३% प्रतिशत थप प्रशसंकको आवश्यकता पर्दछ । यो रेखाकार वृद्धि डिजिटल संसारमा धेरै चिजहरू फैलिने घाताङ्की वृद्धिभन्दा नितान्त भिन्न छ । तपाईँको सच्चा प्रशंसकको सञ्जालको मूल्य साधारण सञ्जालको प्रभावसम्बन्धी नियम (नेटवर्क इफेक्ट्स रुल) अनुसार भएमा र तपाईँको प्रशंसको वर्ग गुणाले बढेमा म छक्क पर्नेछैन । जब तपाईँका सच्चा प्रशंसकहरू एकआपसमा जोडिन्छन्, उनीहरूले तपाईँको सिर्जनाका लागि गर्ने औसत खर्च पनि सहजै वृद्धि हुँदै जान्छ । त्यसैले कुनै सिर्जनामा संलग्न सर्जकहरूको सङ्ख्या बढ्दै जाँदा सच्चा प्रशंसकको सङ्ख्या पनि मध्यम स्तरमा र समानुपातिक रूपमा बढ्दै जान्छ । एउटा थप महत्वपूर्ण सावधानी के हो भने सबै सर्जकहरू प्रशंसकलाई खुसी पार्ने स्वभावका वा त्यसो गर्न इच्छुक हुँदैनन् । धेरै जना सङ्गीतकारहरू केवल सङ्गीत सिर्जना गर्न, फोटोग्राफरहरू केवल तस्वीर खिच्न र चित्रकारहरू केवल चित्र कोर्न मन पराउँछन् । वा, उनीहरूको स्वभाव नै प्रशंसकहरूलाई सम्हाल्ने किसिमको हुँदैन । यस्ता सर्जकहरूलाई मध्यस्तकर्ता, प्रबन्धक, एजेन्ट, ग्यालेरिस्टजस्ता प्रशंसक सम्हालिदिने कुनै व्यक्तिको आवश्यकता पर्दछ । यद्यपि, यस्ता सर्जकहरूले पनि हजार सच्चा प्रशंसकको गन्तव्यको लक्ष्य लिन सक्छन् । कुरो यत्ति हो कि उनीहरू दुई जनाको समूहमा काम गर्नेछन् । तेस्रो विशिष्टता – प्रत्यक्ष प्रशंसकहरू सदैव सर्वोत्कृष्ट प्रशंसक हुन्छन् । जीविकोपार्जन गर्नका लागि आवश्यक पर्ने सच्चा प्रशंसकको सङ्ख्या अप्रत्यक्ष रूपमा छिट्टै बढ्छ, तर अनन्त रूपमा भने होइन । उदाहरणका लागि ब्लगिङ्लाई लिऔँ । कुनै पनि ब्लगरलाई उसका प्रशंसकले समर्थन गर्ने बाटो भनको विज्ञापन क्लिकहरूबाट हो (कहिलेकाँहि प्राप्त हुने प्रत्यक्ष सहयता बाहेक) । तसर्थ ब्लगरहरूलाई जीविकोपार्जन गर्नका निमित्त धेरै प्रशंसकहरूको आवश्यकता पर्दछ । यसले गन्तव्यलाई लङ् टेल वक्ररेखाको बायाँतर्फ सारे ता पनि ब्लकबस्टरकै खेमामा भने पार्दैन । किताब प्रकाशनको कुरामा पनि यो लागू हुन्छ । जब तपाईँका प्रकाशकहरूले तपाईँको सिर्जनाको आम्दानीको केही हिस्सा लिन्छन्, तब तपाईँलाई जीवन धान्नका लागि धेरै गुणा प्रशंसकको आवश्यकता पर्दछ । कुनै लेखकले जति आफ्ना प्रशंसकहरूसँग प्रत्यक्ष सम्पर्क स्थापना गर्दछ, त्यति नै कम सङ्ख्यामा प्रशंसकको आवश्यता पर्दछ । अन्त्यमा, वास्तविक सङ्ख्या भने माध्यमका आधारमा फरक पर्न पनि सक्दछ । सायद् एउटा चित्रकारका लागि सच्चा प्रशंसकको सङ्ख्या पाँच सय होला, तर एउटा चलचित्र निर्माताका लागि पाँच हजार सच्चा प्रशंसकको आवश्यकता पर्न सक्दछ । त्यसै गरी, संसारका विभिन्न स्थानअनुसार पनि यो सङ्ख्या अवश्यै फरक पर्दछ । तर वास्तवमा भन्ने हो भने ठ्याक्कै सङ्ख्या निर्धारण गर्नु त्यति महत्वपूर्ण छैन किनभने प्रयास गरेर यो निर्धारण गर्न सकिँदैन । जब तपाईँ यो सोचमा हुनुहुन्छ, तब वास्तविक सङ्ख्या स्वतः देखा पर्दछ । र, त्यहीँ सङ्ख्या हो तपाईँलाई चाहिने । मेरो सूत्र ठूलै मात्रामा फरक पर्न पनि सक्ला, तर यो दश लाखभन्दा चाहिँ धेरैले कम हो । सच्चा प्रशंसकको सङ्ख्याका लागि कुनै सन्दर्भ सामग्री छ कि भनेर मैले धेरै अध्ययन गर्दा विभिन्न तरिका फेला पारेको छु । Suck.com का सहसंस्थापक कार्ल स्टेडम्यानले “लघुख्यातिको सिद्धान्त” प्रतिपादन गरेका छन् । उनको गणनाअनुसार एक हजार पाँच सय व्यक्तिमाझ लोकप्रिय व्यक्ति लघुख्याति (माइक्रोसेलेब्रिटी) भएको व्यक्ति हो । तसर्थ ती एक हजार पाँच सय व्यक्ति तपाईँका घोर प्रशंसकहरू हुन् । ड्यानी ओब्राइन लाई उद्धरण गर्नुपर्दा, “यदि बेलायतको प्रत्येक सहरमा एउटा व्यक्तिले तपाईँको झुर अनलाइन कमिक्स मन परायो भने पनि तपाईँलाई वर्षैभरि बियर खान (वा टिसर्ट बेच्न) पुग्छ ।” अरूले यस लघुख्यातिलाई लघुसहायता वा वितरीत सहायताको नाम पनि दिएका छन् । सन् १९९९मा जोन केल्सी र बु्रस स्नाएरले ‘फस्र्ट मन्डे’ नामक अनलाइन जर्नलका लागि एउटा प्रारूप (मोडल) प्रकाशित गरेका थिए । उनीहरूले यसलाई ‘सडक कलाकार प्रोटोकल’ को नाम दिएका थिए । एउटा सडक कलाकारको तर्क प्रयोग गर्दै, लेखक उक्त पुस्तक प्रकाशित हुनुभन्दा अघि नै पाठकसमक्ष पुग्छ र अझ सायद् पुस्तक लेखिनुभन्दा अघि नै । लेखकले प्रकाशकलाई आफ्नो बाटोबाट हटाएर सिधै यस्तो खालको सार्वजनिक अभिव्यक्ति दिन् : “जब म लाख डलर चन्दा प्राप्त गर्छु, तब म यस श्रृङ्खलाको अर्को उपन्यास निकाल्छु । ” पाठकहरू लेखकको वेब्साइटमा जान सक्छन्, कति रकम बराबरको चन्दा आइसक्यो हेर्न सक्छन् र उपन्यास निकाल्नका लागि आफ्नो तर्फबाट योगदान दिन सक्छन् । यहाँ याद गर्नुपर्ने कुरा के हो भने, लेखकले अर्को अध्यायका लागि कसले पैसा ति¥यो वा पैसा नतिर्ने कति जना व्यक्तिले उक्त किताब पढे भन्ने कुरा मतलब गर्दैन । उसका लागि लाख डलर पुग्यो कि पुगेन भन्ने मात्र मतलब रहन्छ । जब लक्ष्य पूरा हुन्छ, उसले अर्को पुस्तक प्रकाशन गर्दछ । यहाँ “प्रकाशन” भन्नाले केवल “उपलब्ध गराउनु” भन्ने हो, “छापेर र पुस्तक पसलहरूबाट वितरण गर्ने” भन्ने होइन । उक्त पुस्तक सबैका लागि, पैसा तिर्ने र नतिर्ने दुबैका लागि निःशुल्क उपलब्ध गराइन्छ । सन् २००४ मा लेखक लरेन्स वाट–इभान्स ले आफ्नो नयाँ उपन्यास प्रकाशित गर्नका लागि यही शैली प्रयोग गरेका थिए । उनले आफ्ना सच्चा प्रशंसकहरूलाई सामूहिक रूपमा प्रति महिना सय डलर तिर्न आग्रह गरे । जब उनले सय डलर पाए, तब उपन्यासको नयाँ अध्याय प्रकाशित गरे । उनका सच्चा प्रशंसकका लागि उनको सम्पूर्ण पुस्तक नै अनलाइनमा उपलब्ध थियो र पछि सबै प्रशंसकका लागि भौतिक रूपमा प्रकाशित गरिएको थियो । उनी अहिले त्यसरी नै दोस्रो उपन्यास लेख्दैछन् । उनी उनका अनुमानित दुई सच्चा प्रशंसकको भरमा चलेका छन् किनकि उनले परम्परागत तरिकामा पनि पुस्तक प्रकाशित गर्ने गरेका छन् र हजारौँ मध्यम प्रशंसकहरूद्वारा समर्थित प्रकाशकबाट बैना पनि प्राप्त गर्ने गरेका छन् । आफ्नो कामलाई समर्थन गर्नका लागि प्रत्यक्ष रूपमा प्रशंसकहरू प्रयोग गर्ने अन्य लेखकहरूमा डायन दुआन , स्यारोन ली र स्टिभ मिलर र डन सेकर्स पर्दछन् । ग्रेग स्टोल्ज ले पनि आफ्ना दुई पूर्व प्रायोजित गेमहरू विमोचन गर्नका लागि यस्तै किसिमका सच्चा प्रशंसकको प्रारूप प्रयोग गरेका थिए । उनको निर्माण लागतका लागि ५० जना सच्चा प्रशंसकले आधार रकम (सिड मनी) योगदान गरेका थिए । सच्चा प्रशंसक प्रारूपको विशेषता भनेको के हो भने यसमा प्रशंसकले कलाकारलाई लङ् टेलको छेउभन्दा धेरै पर (उनीहरूको सङ्ख्या जनाउने परिमाणभन्दा धेरै पर) पु¥याउन सक्छन् । उनीहरूले यो कार्य तीन तरिकाले गर्न सक्छन् ः प्रत्येक व्यक्तिले अझ धेरै खरिद गरेर, प्रत्यक्ष रूपमा खर्च गरेर (ताकि सर्जकले प्रति बिक्रीबाट थप आयआर्जन गरोस्) र सहायताका नयाँ प्रारूपहरूलाई सबल बनाएर । सहायताका नयाँ प्रारूपहरूमा लघुसंरक्षण पनि पर्दछ । अर्को प्रारूप भनेको पूर्व प्रायोजित स्थापना (स्टार्टअप) लागतको हो । डिजिटल प्रविधिले प्रशंसकहरूको यस प्रकारको सहायतालाई विभिन्न स्वरूप दिएको छ । ‘ फन्डेबल ’ एउटा वेब्मा आधारित व्यवसाय हो, जसले कुनै पनि व्यक्तिलाई कुनै परियोजनाका लागि निश्चित परिमाणमा पैसा जुटाउन सहयोग गर्दछ र साथमा उक्त परियोजनामा योगदान गर्नेहरूलाई परियोजना कार्यान्वयन हुन्छ भनेर सुनिश्चित पनि गराइरहेको हुन्छ । तोकिएको सम्पूर्ण रकम नजुटेसम्म उठेको रकम फन्डेबलले नै राख्छ । यदि रकमको तोकिएको न्यूनतम मापदण्ड नपुगेमा उक्त पैसा फिर्ता दिइन्छ । फन्डेबलको वेबसाइटबाट एउटा उदाहरण यस्तो छ: २० वर्षीया अमेलिया क्लासिकल सोप्रानो गायिका हुन । उनले रेकर्डिङ् स्टुडियो प्रवेश गर्नुअगावै आफ्नो पहिलो सिडी पूर्व–बिक्री गरेकी थिइन् । “यदि मैले चार सय डलरको पूर्व अर्डर पाएँ भने मैले (स्टुडियोको) बाँकी खर्च बेहोर्न सक्छु,” उनले आफ्ना सम्भावित दाताहरूलाई भनेकी थिइन् । फन्डेबलको “कि त सबै, अन्यथा शून्य प्रारूप”ले के कुरा सुनिश्चित ग¥यो भने यदि उनले आफ्नो लक्ष्य अनुसारको पैसा उठाउन सकिनन् भने उनका कुनै पनि ग्राहकले पैसा गुमाउने छैनन् । अमेलिया नौ सय चालिस डलरभन्दा बढीको बिक्री गर्न सफल भएकी थिइन् । हुन त एक हजार डलरले एउटा भोको सर्जकलाई लामो समयसम्म पाल्न त सक्दैन, तर राम्रोसँग ध्यान दिने हो भने एक जना समर्पित सर्जकले आफ्ना सच्चा प्रशंसक मार्फत् थप राम्रो काम गर्न सक्दछ । जिल सोबुल एउटी सङ्गीतकार हुन्, जसले धेरै वर्षको भ्रमण र रेकर्डिङ्का माध्यमबाट उल्लेखनीय मात्रामा प्रशंसक कमाएकी छिन् र आफ्ना सच्चा प्रशंसकहरूका आधारमा राम्रो प्रगति गरिरहेकी छिन् । हालै उनले आफ्नो आगामी एल्बमका लागि आवश्यक व्यावसायिक रेकर्डिङ् शुल्क ७५ हजार डलर जुटाउनका लागि आफ्ना प्रशंसकहरूकोमा जाने निर्णय गरिन् । हालसम्म उनले ५० हजार डलर उठाइसकेकी छिन् । उनलाई प्रत्यक्ष रूपमा सहायता प्रदान गरेर उनका प्रशंसकहरूले आफ्नो कलाकारसँग सामीप्यता हासिल गरिरहेका छन् । असोसिएटेड प्रेस (एपी) का अनुसार, दाताहरूले विभिन्न तहको योगदान रोज्न सक्छन् । प्रारम्भिक स्तरको १० डलरको “अनपोलिस्ड रक” योगदानले उनीहरूलाई एल्बम बनिसकेपछि निःशुल्क डिजिटल डाउनलोड गर्ने अवसर दिन्छ भने सर्वोच स्तरको १० हजार डलरको “वेपन्स–ग्रेड प्लुटोनियम लेभल”को योगदान गर्ने दातालाई सोबुलले “आएर मेरो सिडीमा गाउन सक्नुहुन्छ । गाउन आउँदैन भने पनि चिन्ता नलिनुहोस् – हाम्रो तर्फबाट त्यसलाई मिलाउँछौँ” भनेर वाचा गरेकी छिन् । पाँच हजार डलरको योगदानका लागि सोबुलले दाताको घरमा नै आएर एउटा कन्सर्ट गर्छु भनेकी छिन् । प्रारम्भिक चरणहरू बढी लोकप्रिय छन्, जसमा दाताहरूले सिडीको पूर्व कपी, आभार सूचीमा आफ्नो नाम, उनीहरूलाई सिडीको “सहायक कार्यकारी निर्माता” भनेर चिनाउने टिसर्टजस्ता उपहारहरू पाउँछन् । तर सच्चा प्रशंसकहरूका आधारमा जिउनुको विकल्प भनेको गरिबीमा बाँच्नु हो । सन् १९९५सम्मका अध्ययनहरूले देखाउँछन् कि कलाकारले दाबी गर्न सक्ने मूल्य एकदम कम छ । समाजशास्त्री रुथ टोस ले बेलायतमा कलाकारहरूमाझ एउटा सर्वेक्षण गरेकी छन्, जसका अनुसार सरदरमा बेलायतमा कलाकारहरूको कमाइ गरिबीको रेखामुनि नै छ । मेरो भनाइ के हो भने सिर्जनशीलहरूका लागि गरिबी र चरम लोकप्रियताको बीचमा पनि एउटा स्थान छ । चरम लोकप्रियताभन्दा केही तल, तर लङ् टेलको भिडभन्दा अलिक माथि । मलाई ठ्याक्क सङ्ख्या त थाहा छैन, तर मलाई लाग्छ एक जना समर्पित कलाकारले हजार जना सच्चा प्रशंसक हुर्काउन सक्छन् र नयाँ प्रविधिको प्रयोगले उनीहरूको प्रत्यक्ष सहायता र समर्थनबाट इमानपूर्वक जीविकोपार्जन गर्न सक्दछन् । यदि यस्तो मार्गमा हिडिराख्नुभएको कोही हुनुहुन्छ भने उहाँको कुरा सुन्न र जान्न म आतुर छु । via Digg http://bit.ly/2eRrNUx

Comments

How to Download and install?


You should take note of the accompanying data:


On the off chance that you as of now have a record and have utilized this application previously if it's not too much trouble download the MOD v1 variant.


In the event that you don't have a record and register another record to utilize, it would be ideal if you download the MOD v2.


On the off chance that you download the MOD v1 form and can't sign in, at that point attempt the v2 adaptation.


The most effective method to refresh the MOD rendition


The MOD Premium variant at APKMODY is the Last MOD adaptation. We won't discharge a fresher form. This application will even now work without refreshing so you don't have to refresh to the new form.


About Wrestling Reality


Hello and welcome to Wrestling Reality!

Wrestling Reality is one of the first blogging communities in Nepal. The founding idea behind Wrestling Reality is to unite bloggers of Nepal and develop blogging as an alternative media in the country.

Wrestling Reality brings you blogs and stories in Nepal. Our focus lately is on the technology and startup sector in Nepal.

Blogs: Wrestling Reality

Blogs and Bloggers are significantly growing, and the blogosphere has now become a significant aspect of the web.

In Nepal, blogs came into action after the active participation of bloggers publishing news on the web after a ban on Nepalese mainstream mass media during the historic second mass revolution in Nepal.

In the context, Blogging has arisen as an alternative media in the country. In a democratic country like ours, there is diversity in voices, and as the mainstream mass media has not been able to represent those voices effectively, the need for blogs has become more important.

To ease the flow of news and information, make it more organized and easily accessible, represent the diverse voices; Wrestling Reality has come into action.